चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

हेल्थपत्र

२०८३ कातिर्क १६ आइतबार

काठमाडौँ, १२ जेठ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।

सरकारले गत महिना मात्र ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए।

पदाधिकारीहरू पदमुक्त भएसँगै आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक