सर्पदंशबाट बच्न मन्त्रालयको आग्रह
हेल्थपत्र
काठमाडौँ, १२ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ ।
गर्मी बढेसंगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने र मानिसहरुलाई टोक्ने बताए ।
नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विशालु सर्प रहेका छन् । यस्ता सर्पको टोकाईबाट बच्न उनले सवैलाई आग्रह गर्नु भएको ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा सर्पदङ्शका विरामी आउने गरेको बताए । उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायतका जिल्लाबाट सर्पदंशका विरामी आउने गरेको बताए ।
सर्पले टोकिहाले के गर्ने
डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, वाध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम,रासायनिय पदार्थ, तातोचिसो प्रयोग नगर्ने,विरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने, र विरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने गर्नुपर्दछ ।
जोगिने उपाय
सर्पदङ्शबाट बच्नका लागि राती हिड्नु परे टर्च लाइट लिएर हिड्ने,जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने वाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्ने जस्ता उपायबाट अपनाउनुपर्दछ ।
यस्तै काठ, ढुङ्गा, टुटफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरु टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, झुट टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउनुपर्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक