सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह
हेल्थपत्र
काठमाडौँ, ११ जेठ : सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको करको दरको सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरुले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले सुर्तीजन्य पदार्थको करको दर बढाउनुपर्नेमा जोड दिइन् ।
उनले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डमा सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको सेवनलाई घटाउन सकिने बताए ।
हाल विश्व स्वास्थ्य सङ्गठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गर्न भनेको छ । तर नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको छ ।
कार्यक्रममा सांसद डा. तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने बताइन् ।
उनले सुर्तीजन्य पदार्थको करबाट उठेको पैसा स्वास्थ्यमा नै खर्च गर्नुपर्ने भनाई राखिन् ।
करको दर बढाएर राजस्व सङ्कलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु रहेको उनको भनाई रहेको छ ।
उनले सरकारले हाल बार्षिक तीनदेखि पाँच प्रतिशतसम्मको सामान्य कर वृद्धि गर्ने गरेको उल्लेख गर्दे त्यसले उपभोक्ताको व्यवहार परिवर्तन नल्याएको बताइन् ।
कार्यक्रममा सांसद डा. चन्द्रसिंह यादवले नसर्ने रोगका कारणले गर्दा मृत्युदर ६६ प्रतिशत रहेको भन्दै सुर्तीजन्य पदार्थको कर बढाएर नसर्ने रोगको जोखिम कम गर्न सकिने बताए ।
सांसद गुरु वरालले सुर्तीजन्य पदार्थका करसग १५ देखि २४ बर्ष उमेरसमूहका युवालाई सुर्तीजन्य पदार्थको सेवनबाट टाढा राख्नुपर्ने बताए ।
सांसद भीमकुमारी बुढामगरले र भरत गिरीले सुर्तीजन्य पदार्थमा गरिने कर वृद्धिले मात्र उपभोग घटाउन सकिने भन्दै सुर्तीजन्य पदार्थबाट लाग्ने रोग पनि कम हुने बताइन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शिवराज अधिकारीले सुर्तीजन्य पदार्थको करको दर ५५ प्रतिशत पुर्याउनुपर्ने बताए ।
उनले प्रत्येक बर्ष तीन देखि पाँच प्रतिशत कर बढिरहेपनि अहिलेको सरकारले सुर्तीजन्य पदार्थको करको दरलाई ५५ प्रतिशत पुरयाउनुपर्नेमा जोड दिए ।
करविज्ञ डा. रुप खड्काले कानून अनुसार नेपालमा सुर्तीजन्य पदार्थको कर नलाग्ने गरेको उल्लेख गर्दै सरकारले यसपटक कर बढाउनुपर्ने बताए ।
प्रतिष्ठानका सुर्तीजन्य पदार्थको नियन्त्रण कार्यक्रमका संयोजक डा जयकुमार गुरुङले क्यान्सर गराउने मुख्य कारण तत्व सुर्तीजन्य पदार्थ भएकोले यसको नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
उनले सुर्तीजन्य पदार्थको सेवन घटाउनका लागि यसको करमा बृद्धि आवश्यक रहेको बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक