बालबालिकाकामा कुपोषण बढ्यो

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, ७ जेठ :  सरकारले संचालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता संचालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढीसङ्ख्यामा कुपोषण देखिएको हो ।

स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक रिर्पोटमा विगतभन्दा यसपटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताए ।

उनका अनुसार कडा सिघ्र कुपोषण ४ प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त एक प्रतिशत बालबालिकालाई कडा सिघ्र कुषोषण हुने गरेको तथ्याङ्क रहेको थियो ।

“यसपटक हामीले देशभरि नै संचालन गरेको हुनाले कडा सिध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो,” उनले भने “पहिले हामी प्रदेशमा मात्र कुपोषणको अवस्था पत्ता लगाउने गर्दथ्यो र कम देखिएका हुन् ।”

शाखा प्रमुख थापालका अनुसार कडा सिघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा बढी देखिएका छन् ।
कडासिघ्र कुपोषण भएका बालबालिका ख्याउटे, करङ्ग देखिने खालको हुने गर्दछन् ।

कडा सिघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने  छ ।

तयारी खानाले दिदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रुपमा हेरेर तयारी खाना खुवाइने उनले बताए ।

यस्तै मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको शाखा प्रमुख थापाले बताउनुभयो । मध्यमसिघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने गर्दछन ।

अभियान जेठसम्ममा

साधान स्रोतको कमिले जेठ महिनासम्म अभियान संचालन गरिने छ । सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख १५ देखि ३० गतेसम्म अभियान संचालन गरेको थियो ।

तर बालबालिकाको उचाई र तौल लिने उपकरणको अभावमा सवै पालिकामा अभियान संचालन गर्न नसकिएकाले जेठ महिनासम्म अभियान संचालन गरिने छ । उनले अर्को बर्षदेखि कार्यक्रमको रुपमा राखिने जानकारी दिए ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका करिव २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान संचालन गरेको हो ।

यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक