स्वास्थ्य मन्त्री मेहता र भारतीय स्वास्थ्यमन्त्री नड्डाबीच भेटवार्ता
हेल्थपत्र
काठमाडौँ, ६ जेठ : स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
स्वीजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागि हुने गएको वेला उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भयो ।
भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्याल समेत सहभाििग हुनुहुन्थ्यो ।
स्वास्थ्य मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन यहि जेठ ३ गते जेनेभा गएकी छन ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक