जेनजी प्रर्दशनमा घाइतेलाई मासिक उपचार खर्च

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, ५ जेठ : सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गिकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गिकरण गरि ति घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपतकालिन संचालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
“हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेनजी घाइतेको वर्गिकरण गरेका छौ” उनले भने, “सोही अनुसार गृहमन्त्रालयले घाइतेको उपचार खर्चकालागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ ।”
उनका अनुसार सरकारले जेनजी प्रर्दशनका क्रममा अति गम्भिर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार÷नौ हजार, गम्भिर घाइतेलाई मासिक नौ हजार रुपियाँ, मध्य घाइतेलाई मासिक चार हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ ।
यसैगरी जेनजीका सवै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उनले बताए ।

५३९ घाइतेको वर्गिकरण

यसैगरी जेनजी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ । गृहमन्त्रालयले उपलब्ध गराएको परिचय पत्रका आधारमा ति घाइतेको वर्गिकरण गरिएको हो ।
घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो ।
स्वास्थ्य आपतकालिन संचालन केन्द्रका प्रमुख डा. बुढाथोकीले पाँच पटक गरि ति सवै घाइतेको वर्गिकरणको काम सकिएको बताए ।
उनका अनुसार अति गम्भिर घाइते २९ जना, गम्भिर घाइते १३० जना, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना रहेका छन् ।

 

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक