सरकारी कार्यालयमा सोमबारदेखि सरसफाई सप्ताह अभियान

हेल्थपत्र

२०८३ बैशाख ३० बुधबार

काठमाडौँ, २६ वैशाख : सरकारले सरकारी कार्यालयमा आगामी सोमबार (वैशाख २८ गते) देखि ‘राष्ट्रिय सरसफाई सप्ताह’ संचालन गर्ने भएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका सवै कार्यालयमा सरकारले सरसफाई सप्ताह शुरु गर्ने थालेको हो । सप्ताह अभियान जेठ १ गतेसम्म संचालन हुने र त्यसपछि पनि निरन्तर सरसफाई गरिने छ ।
सप्ताह संचालन गर्नका लागि सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धि मार्गनिर्देशन २०८३ समेत जारी गरेको छ ।
सवै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न, सरसफाई सम्बन्धि आचारण विकास गर्नका लागि सरसफाई सप्ताह गर्न थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिए ।
सप्ताह संचालन गर्नका लागि सवै संघ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २८ गते सोमबार बिहान साढे आठ बजे वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
सोही समयमा देशै भरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताहको शुभारम्भ हुने उहाँले बताउनुभयो । मन्त्रालयले सप्ताहभरि दैनिक रुपमा सरसफाईमा कर्मचारी सहभागी हुन आग्रह गरेको छ ।
मार्गदर्शनमा सरकारले तोकेका सरसफाईका सूचक अनिवार्य पुरा गर्न निर्देशन दिइएको छ ।
कार्यालय सरसफाई मापन सूचक, शौचालय तथा स्वच्छता मापन सूचक, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई सूचक, क्यान्टिन तथा भान्साघर स्वच्छता सूचक, फोहोर व्यवस्थापन मापन सूचक, सेवाग्राही अनुभव मापन सूचक, संस्थातत दिगोपन मापन सूचक रहेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक