१३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणको सतर्कता अपनाउन आग्रह
हेल्थपत्र
काठमाडौँ, २५ वैशाख : सरकारले १३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ति १३ स्थानीय तहमा
डेङ्गी सङ्क्रमण देखिएकोले सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
“हामीले पुसयता सवै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाकोअ अध्ययन गरिरहेका छौ,” उनले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटा सम्म सङक्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौ ।”
उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेचीनगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका रहेका छन् ।
पुस यता करिव ६ सय जनामा सङ्क्रमण देखिएको थियो । शाखा प्रमुख डा. दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताए ।
“अहिलेको पानी डेङ्गी सार्ने लामखुट्टे फैलिने छैन । एक छिन आउने त्यसपछि नआउने खालको छ,” उनले भने, “त्यसैले अहिलेको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने सक्दैन । र सङ्क्रमणको जोखिम पनि कम छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु सङ्क्रमण लाग्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक