वीर अस्पतालका सामाजिक एकाई प्रमुखले दिए राजीनामा, काम गर्ने वातावरण नहुनु प्रमुख कारण

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

काठमाडौं । वीर अस्पतालका सामाजिक एकाई प्रमुख अर्जुन भेटुवाल र उपप्रमुख डिल्लीराम खनालले आज बुधबार राजिनामा दिएका छन् । भेटवाल र खनालले लामोसमयदेखि तलव नपाएको लगायत पाँच कारण देखाउँदै अस्पतालका निर्देशक डा. सन्तोष पौडेल समक्ष राजिनामा बुझाएका हुन् ।
उनले कार्यकारीको निर्णय अनुसार कर्मचारिको स्वास्थ्य विमा निशुल्क गरिएको तर, लेखा शाखाले चेक लगायतका कागजी प्रकृया अगाडी नबढाएका कारण १६२ जना कर्मचारीको फागुन साइकल विमाको सकृयता बन्द भएको बताए । भेटवालले स्वास्थ्य विमाको सफ्टवयर अद्यावधिक गर्न विलम्ब गरिएका कारण सेवाग्राहिलाई २४ सै घण्टा सेवा प्राप्त गर्न असहज भएको एबम् विमाको औषधि अत्यन्त न्यून मात्रामा उपलब्ध भएको बताए ।
दैनिक कामकारबाहीमा आवश्यक पर्ने कार्यालय सामान समेत प्राप्त गर्न नसकेको भेटवालको भनाई छ । भेटवालले नेतृत्व गरेको सामाजिक एकाई गत बर्ष नेपाल कै उत्कृष्ट भनेर नेपाल सरकारले पुरस्स्कृत गरेको थियो । वीर अस्पतालमा अहिले प्रत्यक्ष स्वास्थ्य मन्त्रीले हस्तक्षेप गरिरहेको कर्मचारिको गुनासो छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक