चितवन मेडिकल कलेजले हेटौडामा ‘सीएमसी हेटौंडा’ अस्पताल बनाउँदै
हेल्थपत्र
काठमाडौँ, २३ वैशाख । चितवन मेडिकल कलेजले हेटौडामा आधुनिक स्वास्थ्य सेवासहितको नयाँ अस्पताल निर्माण गर्न थालेको छ । कलेजले केही दिन अघि हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा स्थित ठाउँमा ‘सीएमसी हेटौंडा’ नामक अस्पताल भवनको शिलान्यास गरेको छ ।
करिब १९ कठ्ठा क्षेत्रफलमा निर्माण हुने यस अस्पताल प्रारम्भिक रूपमा १०० शय्याको रहनेछ।
अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा, सिटी स्क्यान, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष, मोडुलर अपरेशन थियटर, क्याथ ल्याब लगायतका विभिन्न सुपरस्पेशालिटी सेवाहरू सञ्चालन गरिने योजना रहेको छ।
यस परियोजनाले मकवानपुर तथा आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय, सुलभ र अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास लिइएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक