नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित
हेल्थपत्र
काठमाडौं, २२ वैशाख : नेपाल चिकित्सक संघमा डा. बद्री रिजालले बाजी मारेका छन् ।
आज सकिएको मतगणनामा डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरि बिजय भएका हुन् । उनका निकटत प्रतिद्धन्दी डा. मङ्गल रावलले दुई हजार ९४० मत गरे । अध्यक्ष पदका अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे । १९ गतेसाँझबाट भएको मतगणना आज सकिएको हो ।
निर्वाचनमा १९ मध्ये १४ जना डा रिजाल समूहकै पदाधिकारी र सदस्इ बिजय भएका छन् । गण्डकी र कर्णाली प्रदेश उपाध्यक्ष सहित तीन जना वाहेक सवै डा. रिजाल समूहकै रहेका छन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी निर्वाचित भएका छन् । डा. तिवारीले तीन हजार ३६ मत प्राप्त गरि बिजय भएका हुन् ।
महासचिवमा डा विश्वराज दवाडी दुई हजार ७२२ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी डा. कालुसिंह खत्रीले दुई हजार ४२३ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमितरञ्जन मिश्र, वागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।
कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिव डा. हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन् ।
सदस्यहरुमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् ।
डा. अमित झा, डा. पल्पसा श्रेष्ठ डा. रावल समूह र डा शेषराज आचार्य डा. भुसाल समूहबाट निर्वाचित भएका छन् ।
संघको निर्वाचन उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक