नेपाल चिकित्सक संघमा ५८६५ मतगणना हुँदा कसले कति मत ल्याए

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, २२ वैशाख । नेपाल चिकित्सक संघमा डा. बद्री रिजालले अग्रता कायम राखेका छन् ।

वागबजारस्थित संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा पाँच हजार ८६५ मतगणना हुँदा डा. रिजालले दुई हजार ६१० मत सहित अग्रता लिएका छन् । उनलाई डा. रावल दुई हजार ४७५ मत सहित पछाइरहेका छन् ।

यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार डा. नारायण प्रसाद भुसालले ७०८ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले शुरुवातदेखि नै अग्रता लिएका छन् । उनले दुई हजार ४४१ मत प्राप्त गरि अगाडि रहेका छन् । यस्तै डा. किर्तिपाल सुवेदीले एक हजार ९२५ मत र र डा. अजयकुमार मिश्राले एक हजार २२८ मत पाएका छन् ।

महासचिव पदमा छन् भने डा. विश्वराज दवाडी दुई हजार २११ मत सहित अगाडि छन् । उनलाई डा. रावल टीमका डा. कालु सिंह खत्री दुई हजार ४० मतसहित पछाइरहेका छन् ।

अर्का महासचिवका उम्मेदवार डा. अमृत भुसालले एक हजार ३६४ मत ल्याएका छन् ।

उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते सम्पन्न भएको निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।

निर्वाचनको अन्तिम परिमाण आज आउने बताइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक