नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग भएको छैन : मन्त्रालय

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, २१ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयले गरेको छानविनका क्रममा कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नगरेको बताए ।

जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग भन्ने गरेको बिषय सञ्चारमाध्यममा आएपछि मन्त्रालयले गत वैशाख १५ गत छानविन समिति गठन गरिएको थियो ।

समितिले जलेका सवारी साधन समबन्धि प्रहरी मुचुल्का, इन्धन सम्बन्धि अभिलेख, भुक्तानी विवरण लगायतका सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक