नेपाल चिकित्सक संघमा ३५८९ मतगणना हुँदा डा. रावलको शुरुवातीदेखिको कायमै

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, २१ वैशाख । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. मंगल रावलको शुरुवातीदेखिको अग्रता कायम रहेको छ ।

वागबजारस्थित संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा तीन हजार ५८९ मतगणना हुँदा उनले अग्रता कायमै राखेका छन् ।
डा. रावल एक हजार ६१४ मत प्राप्त गरेका छन् । अध्यक्षका पदका अर्का उम्मेदवार डा. बद्री रिजालले एक हजार ५१६ मतले पछाइरहेका छन् ।

यस्तै डा. नारायण प्रसाद भुसालले ४१८ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले एक हजार ३५५ मत प्राप्त गरि अगाडि रहेका छन् । यस्तै डा. किर्तिपाल सुवेदीले एक हजार २४५ मत र  डा. अजयकुमार मिश्राले ८२७ मत पाएका छन् ।

महासचिव पदमा डा. कालु सिंह खत्री एक हजार ३५२ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी २४२ मत र अर्का महासचिवका उम्मेदवार डा. अमृत भुसालले ८२८ मत पाएका छन् ।

उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते सम्पन्न भएको निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो । निर्वाचन परिमाण आज आउने बताइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक