आरोग्य नेपालको टेड्रमार्क बन्ने : महानिर्देशक डा. श्यामबाबु यादव
हेल्थपत्र
काठमाडौँ, ८ चैत । सयुक्त राष्टञसंघ महासभाले ‘अन्तर्राटिञय आरोग्य दिवस’ मनाउने घोषणा गरेको छ । नेपालको प्रस्तावमा महासभाले अप्रिल १५ तारिखलाई अन्तर्राटिञय आरोग्य दिवस मनाउने घोषणा गरेको हो ।
अन्तर्राटिञय आरोग्य दिवस मनाउने निर्णयसंगै नेपाललाई के फाइदा हुन्छ यस बिषयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवसंग गरिएको कुराकानी :
सयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राटिञय आरोग्य दिवस मनाउने घोषणा गरेको छ । यसलाई कसरी लिनु भएको छ ?
सरकारले आयुर्वेदको विधालाई निरोगी नेपाल बनाउने अभियान संचालन गरिरहेको छ । यहि सिलसिलामा नेपाली नागरिक स्वस्थ्य हुन भनेर निरोगी अयिभान नै चलाएका छौ । यहि बर्षदेखि हामीले सवै स्थानीय तहका घरघरमा आयुर्वेद सेवा पुर्याउनका लागि नागरिक आरोग्य केन्द्र स्थापना गरिसक्ने तयारीमा रहेका छौ ।
घरघरमा योग व्यायाम ध्यानलाई पुरयाउन सके निरोगी नेपाल बनाउने सकिन्छ ।
यी सवै कुरालाई मनन गरेर नेपालको प्रस्तावमा सयुक्त राष्ट्र संघको महासभाले अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने पारित भएको छ । यसले नेपालको मौलिकता झल्कने नेपालले आयुर्वेद क्षेत्रमा गरेको कामलाई सयुक्त राष्ट्र संघले उच्च मुल्यांकन गरेको छ । सवैको सहयोग सरकारले १५ अप्रिल बनाउने घोषणा गरेको छ ।
नेपाललाई आरोग्य दिवस प्रस्ताव लैजाने कुरा कसरी सम्भव भयो ?
नेपाल सरकारले आफ्नो कुटनीतितक मार्फत सयुक्त राष्ट्रसंघमा लगेको हो । हामीले सरकारलाई सहमत गरायौ र त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक हिसावले सयुक्त राष्ट्रसंघमा प्रस्ताव लगिएको हो ।
अन्तर्राटिञय आरोग्य दिवस मनाउने घोषणाबाट नेपालाई के फाइदा हुन्छ ?
यो उपलब्धि नेपालका लागि एक गौरवपूर्ण कूटनीतिक सफलता हो र यसले विश्वभर स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा स्वास्थ्य संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । वेलनेश भनेको नेपालको टेड्रमार्क हो भन्ने हुन्छ । नेपालले आरोग्य क्षेत्रमा गरिरहेको कामबारे विश्वले थाहा पाउने भयो । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा ‘आरोग्य’ को अवधारणालाई नेतृत्व प्रदान गर्दै विश्व समुदायलाई स्वास्थ्यको एक नयाँ र बृहत् मार्गचित्र प्रस्तुत गरेको छ ।
आरोग्यले मानिसलाई के फाइदा हुन्छ ?
मानिस स्वस्थ शारिरीका रुपमा मात्र नभई मानसिक रुपमा पनि हुनपर्दछ । जुन व्यक्ति शारिरीक र मानसिक रुपमा स्वस्थ रहन्छ त्यो व्यक्ति नै स्वस्थ हुन्छ ।
वेलनेश दिवसबाट मानिसलाई रोग हुनबाट बचाउनका लागि जनचेतना जगाउनु हो । वेलनेश हुनका लागि योगध्यान, मेरिटेसन, स्वच्छकर आहारविहार, सफा खानेकुरा, कतिवेला सुत्ने कति वेला उठ्ने जस्ता क्रियाकलाप गर्ने कुरा वेलनेशले सिकाउँछ । मानिसले कस्तो बानी गर्ने कस्तो सकारात्मक कुराको विकास गर्ने जस्ता कुरा घरघरमा वेलनेशले पुर्याउने गर्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक