पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३४ पदमा कार्य क्षमताका आधारमा बढुवाका लागि दरखास्त आह्वान
हेल्थपत्र
काठमाडौँ, २ माघ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा आन्तरिक बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले आज सूचना प्रकाशित गरि प्राध्यापक, सहप्राध्यापक नर्सिंङ गरि ३४ जना कार्यमूल्याङ्कनका आधारमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ ।
सेवा समूहमा सहायक तहको हकमा कम्तिमा तीन बर्ष र अधिकृत तहका हकमा कम्तिमा चार बर्ष स्थायी सेवा अवधि पुरा गरी प्रतिष्ठान नियमावली बमोजिम तोकिएको योग्यतापुरेका एक तह मुनिका पदमा कार्यरत कर्मचारीहरुले यहि माघ २२ गते सम्म अनलाइनमार्फत दरखास्त आह्वान गरिएको छ ।
प्राध्यापक तीन र सहप्रध्यापक १० जना, नर्सिङ सुपरभाइजर, प्रमुख नर्सिङ अधिकृत, सिनियर नर्सिङ अधिकृत, नर्सिङ अधिकृत, सिनियर स्टाफ नर्स, लेखा सहायक र सिनियर सवारी चालक पदका कार्यक्षमताका मूल्यांकनका आधारमा बढुवाका लागि दरखास्त आह्वान गरिएको हो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक