पूर्व प्रधानमन्त्री खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्य अवस्था सुधार हुँदै

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, २६ भदौ ः पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।
किर्तिपुरस्थित किर्तिपुर बर्न अस्पतालमा उपचाररत रहनु भएको उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
चित्रकारको सघन उपचार कक्ष (आइसियु)का उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक डा. निजिना ताम्राकारले उहाँको फोक्सोमा धुँवा भरिहेको बताइन् । “अवस्था अलि गम्भिर नै रहेको छ । तर स्वास्थ्यमा सुधार भइरहेको छ,” उनले भनिन् ।
चित्रकारको उपचारमा डा. ताम्राकार सहितको सर्जनहरुको समूह रहेको छ । हिजो भएको प्रर्दशनका क्रममा पूर्व प्रधानमन्त्री खनालको डल्लुस्थित घरमा आगाले लगाएका थिए । आगाले लागेपछि घरबाट निस्कने क्रममा उहाँ आगोमा जल्नु भएको थियो ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक