प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपाको नाम लिएपछि जेन–जेड वार्ताबाट बाहिरिए

हेल्थपत्र

काठमाडौँ, २५ भदौ । जेन–जेडले प्रधानसेनापतिसंगको वार्ताबाट बाहिर निस्किएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलसंगको वार्तामा दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर भनेपछि वार्ताबाट बाहिर निस्किएको जेनजेड अभियन्ता रक्षा वमले सामाजिक सञ्जालमार्फत जानकारी दिइएकी छन् ।
“आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ । तर आन्दोलनको बेसिक नर्मस् विरूद्ध छलफल अघि बढाईन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ,” उनले लेखेकी छन, “राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं ।”
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक