एमाले महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘हाइपरटेन्सन’ र मधुमेह

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, २२ भदौ ः नेकपा (एमाले)को जारी दोस्रो विधान महाधिवेशनमा नेता तथा कार्यकर्ताहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले महाधिवेशनस्थलमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
महाधिवेशनमा आएका परीक्षण गराएका धेरै जसो प्रतिनिधिमा उच्चरक्तचाप देखिएको महासंघका उपाध्यक्ष अमृता वरालले जानकारी दिइन् । उनका अनुसार हिजो (भदौ २१ गते ) ४५० जनाको स्वास्थ्य परीक्षण गरिएको र तिमध्ये चार जनालाई अन्य अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । “स्वास्थ्य परीक्षण गरेका धेरै जसो प्रतिनिधिमा हाइपरटेन्सन (उच्चरक्तचाप) र मधुमेहका विरामी देखिएका छन,” उनले भनिन् “ परीक्षणका क्रममा २८८ जना प्रतिनिधिले औषधि खान सिफारिस गरेका छौ ।”
उहाँले अस्ति भदौ २० गते १५१ जना प्रतिनिधिल सेवा लिएको छन । तिमध्ये दुई जनालाई पाटन अस्पताल र वीर अस्पताल रिफर गरिएको बताउनुभयो । ति प्रतिनिधीलाई प्रेसर र मधुमेह देखिएकोले थप उपचारका लागि अस्पताल रिफर गरिएको हो ।
महाधिवेशनस्थलमा महासंघको टोलीले शिविर नै राखेर परीक्षण गरिरहेको महासंघका महासचिव भीमराज सिंहले जानकारी दिए । उनका अनुसार प्रतिनिधिका उच्चरक्तचाप परीक्षण, मधुमेह, दन्त परीक्षण लगायतका परीक्षण गरिएको छ ।
उनले जनरल, दन्त, प्रयोगशाला, औषधि लगायत सेवा प्रदान गरिरहेको बताए । यस्तै आतकालिन सेवाका लागि दुई वटा एम्वुलेन्स समेत राखिएको छ ।
महासंघका चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मीको समूह विहान ८ देखि वेलुका पाँच बजेसम्म शिविर संचालन गरिरहेको छ । महाधिवेशनमा ११६ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक