वीरगंजपछि बारामा हैजा देखिन थाल्यो

हेल्थपत्र

बारा, १९ भदौ । वीरगंजमा हैजा मत्थर हुँदै गएपछि बारामा भने भर्खरै हैजाको प्रकोप देखिन थालेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नं. ८ का दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार झाडापखाला लागेर भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडीटी परीक्षणमा हैजा पुष्टि भएको हो।
हैजा प्रभावित वीरगन्जसँग कुनै पनि ट्राभल हिस्ट्री नभएका दुई बालबालिकामा संक्रमण पुष्टि भएको हो। यादवका अनुसार यो पहिलोपटक वीरगन्जसँग सम्पर्क नभएका बालबालिकामा हैजा देखिएको हो।
यसअघि बारा जिल्ला घर भई वीरगन्जमा बस्ने ८ जनामा हैजाको संक्रमण देखिएको थियो। तीमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने हाल कलैया अस्पतालमा पाँच जना, वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा एक–एक जना उपचाररत रहेका छन्।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक