मधु पौडेल ‘बिजनेस टर्मिनोलोजी अथर अफ द इयर २०२६’ बाट सम्मानित
हेल्थपत्र
काठमाडौं १६ कात्तिक । मधु पौडेल ‘बिजनेस टर्मिनोलोजी अथर अफ द इयर २०२६’ बाट सम्मानित भएका छन्।
२०१४ मा प्रकाशित ‘अ डिक्सनरी अफ बिजनेस टर्मिनोलोजिज’ पुस्तककाे याेगदानकाे कदर गर्दै लेखक पौडेल आज इन्फिनिटी सर्भिसेज प्रालिले ‘ग्लोबल अथर्स अवार्ड २०२६’ बाट सम्मान गरेकाे हाे ।
अवार्डबाट सम्मानित हुन पाउँदा आफू अत्यन्तै गौरवान्वित, हर्षित महसुस गरिरहेको उनले बताए।
व्यवसाय व्यवस्थापनका क्षेत्रमा कार्यरत व्यावसायिक व्यक्तित्वहरू, विद्यार्थीहरू तथा व्यवस्थापनप्रति रुचि राख्ने पाठकहरूलाई Business Management सम्बन्धी शब्दावली बुझ्न, सिक्न र आफ्नो ज्ञान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस पुस्तकको लेखिएकाे उनकाे भनाई छ ।
‘एक दशकभन्दा बढी समयपछि आज यस कृतिको पुनः मूल्याङ्कन र सम्मान हुनु मेरा लागि विशेष अर्थपूर्ण र प्रेरणादायी क्षण हो। यसले ज्ञान र अनुभवलाई लेखनमार्फत समाजमा बाँड्न सकियो भने त्यसले लामो समयसम्म सकारात्मक प्रभाव पार्न सक्छ भन्ने मेरो विश्वासलाई थप बलियो बनाएको छ,’ लेखक पाैडेलले भनेका छन् ।
उनले सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई ज्ञान, शिक्षा र व्यावसायिक विकासका क्षेत्रमा अझ निरन्तर योगदान गर्नका लागि प्राप्त प्रेरणा पनि रहेकाे उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक