स्वास्थ्य मन्त्री मेहताकाे जर्मन नियाेगका प्रतिनिधिसंग भेटवार्ता
हेल्थपत्र
काठमाडौं , १३ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज जर्मन सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) का Parliamentary State Secretary Dr. Bärbel Kofler को नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रमा जर्मन सरकारबाट प्राप्त हुँदै आएको पूर्वाधार विकासलगायतका सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
सो अवसरमा नेपाल–जर्मनी सम्बन्ध,भोटेकोशी बाढीबाट भएको क्षति तथा त्यसको प्रतिकार्य,स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक