मेहताले मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखसंग छलफल

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौं , १० कार्तिक  । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग नियमित भेटघाट तथा छलफल गरेकी छन् ।

छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूसँग मन्त्री मेहताले गर्नुभएको कार्यसम्पादन करारमा समेटिएका लक्ष्य तथा प्राथमिकता,तिनको प्रभावकारी कार्यान्वयन र हालसम्मको प्रगतिका विषयमा विचारविमर्श भएको छ।

बैठकमा स्वास्थ्य सचिव डा.विकास देवकोटा,अतिरिक्त स्वास्थ्य सचिव डा.श्रीकृष्ण श्रेष्ठ,स्वास्थ्य सेवा विभागका महानिर्देशक,औषधि व्यवस्था विभागका महानिर्देशक लगायत मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

छलफलमा मन्त्रालयका नियमित कामकारबाही,नीतिगत प्राथमिकता,निर्धारित लक्ष्य प्राप्तिका लागि आवश्यक कार्ययोजना तथा विभाग र महाशाखाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक