स्वास्थ्य मन्त्री मेहता र काेरियाका राजदूतबीच भेटवार्ता
हेल्थपत्र
काठमाडौं , २६ असाेज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि कोरियाका नवनियुक्त राजदूत महामहिम पार्क जे क्युङ (H.E. Mr. Park Jae-kyung) ले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भयो।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा कोरिया सरकारले गरेको सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गरे ।
साथै, कोरियामा रहेका नेपाली नागरिकको स्वास्थ्य उपचार, मेडिकल टुरिजम, स्वास्थ्य बिमा, डिजिटल हेल्थ, नसर्ने रोगको व्यवस्थापन, रेडियसन थेरापी सेवा तथा अस्पतालहरूको सुदृढीकरणलगायत नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो।
राजदूत पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न गणतन्त्र कोरिया सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक