ट्रान्क्विलिटी स्पाले पायो अन्तर्राष्ट्रिय मान्यता

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौ, २३ असोज । नेपालको स्पा तथा वेलनेस उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्ड, ज्ञान र व्यावसायिक अभ्याससँग जोड्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

नेपालमा करिब २० वटा आउटलेटमार्फत सेवा सञ्चालन गर्दै आएको ट्रान्क्विलिटी स्पाले विश्वकै प्रतिष्ठित स्पा तथा वेलनेस संस्था इन्टरनेशनल स्पा एसोसिएसनको सदस्यता प्राप्त गरेको जानकारी गराउन पाउँदा हामी निकै भौरवान्वित भएका छौँ ।

यससँगै एसोसिएसनको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो र हालसम्म एकमात्र स्पाका रूपमा ट्रान्क्विलिटी स्पा अब अन्तर्राष्ट्रिय स्पा तथा वेलनेस समुदायमा औपचारिक रूपमा जोडिएको छ । यो उपलब्धि एउटा व्यावसायिक संस्थाको सदस्यतामा मात्र सीमित नभई नेपालको समग्र स्पा तथा वेलनेस उद्योगको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण कोसेढुंगाका रूपमा लिएका छौँ ।

विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, व्यावसायिक संस्था, विज्ञ तथा विशेषज्ञहरूलाई एउटै नेटवर्कमा जोड्दै आएको एसोसिएसनको सदस्यताले ट्रान्क्विलिटी स्पालाई विश्वका विभिन्न बजारमा विकसित भइरहेका अन्तर्राष्ट्रिय सेवा मापदण्ड, व्यवस्थापन प्रणाली, अनुसन्धान, प्रशिक्षण, नवीनतम प्रविधि तथा वेलनेससम्बन्धी विश्वव्यापी प्रवृत्तिहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान भएको छ ।

संस्थाले सदस्यताबाट प्राप्त हुने ज्ञान, सीप र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालमा उपयोग गर्दै आफ्ना सेवा तथा सञ्चालन प्रणालीलाई थप गुणस्तरीय, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तर अनुकूल बनाउने अवसर मिलेको छ ।

त्यसैगरी, कर्मचारीको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, ज्ञान आदान–प्रदान तथा नयाँ प्रविधि र सेवा प्रणालीको प्रयोगलाई प्राथमिकता दिने छौँ । ट्रान्क्विलिटी स्पा का संस्थापक सुरेश पुरीले भने “ एसोसिएसनको सदस्यता नेपालको स्पा उद्योगलाई विश्वस्तरमा पु¥याउने महत्वपूर्ण उपलब्धि हो ।

यो उपलब्धि हाम्रो संस्थाका लागि मात्र होइन, नेपालको सम्पूर्ण स्पा तथा वेलनेस उद्योगका लागि गर्वको विषय हो । अब हामी विश्वका अग्रणी स्पा तथा वेलनेस व्यवसाय र विज्ञहरूसँग प्रत्यक्ष रूपमा सिक्ने, अनुभव आदान–प्रदान गर्ने र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याउने अवसर पाएका छौँ ।”
उनले थपे, “हाम्रो लक्ष्य केवल नेपालमा स्पा सञ्चालन गर्नु मात्र होइन । नेपाली स्पा तथा वेलनेस उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनु, दक्ष जनशक्ति विकास गर्नु र नेपाललाई गुणस्तरीय वेलनेस गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्न योगदान गर्नु हो ।”

नेपाल प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, योग, ध्यान, आयुर्वेद तथा विविध सांस्कृतिक सम्पदाका कारण वेलनेस पर्यटनका लागि उच्च सम्भावना बोकेको मुलुक हो ।

पछिल्लो समय विश्वभर स्वास्थ्य, मानसिक शान्ति, आत्म–हेरचाह र समग्र जीवनशैलीसँग जोडिएको वेलनेस पर्यटनको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो प्राकृतिक तथा सांस्कृतिक विशेषतालाई आधुनिक स्पा तथा वेलनेस सेवासँग जोड्न सकेमा नयाँ अन्तर्राष्ट्रिय पर्यटन बजार विकास गर्न सक्ने ठूलो सम्भावना रहेको हाम्रो विश्वास छ ।

यसै सन्दर्भमा एसोसिएसन जस्तो अन्तर्राष्ट्रिय संस्थासँगको आबद्धताले नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि, विशेषज्ञता र व्यावसायिक नेटवर्कसँग जोड्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरेका छौँ । एसोसिएसन सँगको सहकार्यले यी क्षेत्रमा थप सिकाइ तथा विकासका अवसर सिर्जना गर्ने विश्वास संस्थाले लिएको छ ।

नेपालमा वेलनेस पर्यटनको सम्भावना बढ्दै गएको र सरकारले आरोग्य वर्ष २०२७ घोषणा गरेको सन्दर्भमा यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक