भक्तपुर अस्पतालमा न्यूराेसर्जरी गरेका बिरामी डिस्चार्ज

हेल्थपत्र

२०८३ कातिर्क १२ बुधबार

काठमाडौँ, १७ असोज । भक्तपुर अस्पतालमा पहिलो पटक गरिएकाे न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक गरेर उपचारपश्चात बिरामी स्वस्थ्य भएर घर फर्किएका छन् ।

अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले शल्यक्रिया गरेर उपचार पश्चात बिरामी स्वस्थ्य भएर आज डिस्चार्ज गरिएकाे जानकारी दिए ।

” अस्पतालमा हामीले पहिलाे पटक शल्यक्रिया सफलतापूर्वक गरेर बिरामीलाई पनि स्वस्थ्य गराएर घर पठाएका छाै, ” उनले भने, ” अब अस्पतालमा न्यूरोसर्जरी सेवा सुरु भएसँगै जटिल प्रकृतिका मस्तिष्कसम्बन्धी बिरामीलाई अस्पतालमै विशेषज्ञ उपचार उपलब्ध गराउने बाटो खुलेको छ ।”

अस्पतालका शल्यचिकित्सक मणिकुमार लामाको नेतृत्वमा गत असाेज ८ गते  ८० वर्षीय पुरुषको मस्तिष्कमा जमेको रगत निकाल्ने शल्यक्रिया गरिएको थियाे । चिकित्सकको टोलीले बिहीबार मस्तिष्कमा जमेको रगत हटाउने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

मस्तिष्कमा रक्तस्राव भएपछि ती बिरामीलाई  अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा मस्तिष्कको दायाँ भागमा रगत जमेको र त्यसको असरले शरीरको देब्रे भाग कमजोर भएको देखिएपछि शल्यक्रिया गरिएको डा. झाले बताए ।

चिकित्सकको टोलीले बिहीबार मस्तिष्कमा जमेको रगत हटाउने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

भक्तपुर अस्पतालमा यसअघि विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा रहे पनि न्यूरोसर्जरी शल्यक्रिया पहिलो पटक गरिएको हो । मस्तिष्कमा रक्तस्राव, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई तत्काल शल्यक्रियासहितको उपचार आवश्यक पर्ने भएकाले अस्पतालमै यस्तो सेवा सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

निर्देशक डा. झाले अस्पतालको सेवा विस्तारसँगै जटिल प्रकृतिका बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यअनुसार न्यूरोसर्जरी सेवा सुरु गरिएको बताए ।

उनले आगामी दिनमा अस्पतालबाट थप विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्दै जाने बताए ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक