भक्तपुर अस्पतालमा न्यूरोसर्जरी सेवा शुरू
हेल्थपत्र
काठमाडौ ८ असाेज । भक्तपुर अस्पतालमा पहिलो पटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएकाे छ ।
शल्यक्रिया न्यूरोसर्जन डा. मणिक कुमार लामाको नेतृत्वमा सम्पन्न भएको हो।
भक्तपुर अस्पतालको सेवा विस्तार तथा विशेषज्ञ स्वास्थ्य सेवातर्फको महत्वपूर्ण उपलब्धिका रूपमा पहिलो न्यूरोसर्जरी शल्यक्रिया सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक डा. त्रिभुवन चन्द्र झाले जानकारी दिए ।
उनका अनुसार ८० बर्षिय पुरूषकाे ब्रेन ह्यामब्रेज भएर हिजो अस्पताल भर्ना भएका बिरामीकाे मष्तिष्कको दायाँपट्टि रगत जमेको र देब्रे साइड कमजोर भागको आज सफल शल्यक्रिया गरेको हो । हाल विरामीको अवस्था स्थिर रहेको छ ।
अस्पतालमै यस्तो जटिल न्यूरोसर्जिकल सेवा सुरु हुनु अस्पतालको सेवा विस्तारसँगै बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएकाे निर्देशक डा. झाले बताए ।
उनले आगामी दिनमा पनि अस्पतालबाट थप विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवाहरू विस्तार गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने समेत बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक