भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडाै, १६ भदाै । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष छन् भने ३९० जनाको आंशिक अंग फेला परेको छ ।

अहिलेसम्म ५८ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने ९७२ जनाको मुचुल्का गरी व्यवस्थापनको काम भइरहेको छ । ६८४ जनाको शव जमिनमुनि गाडिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ४ हजार ६०६ जना बेपत्ता छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक