कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडकखण्ड अवरुद्ध
हेल्थपत्र
२०८३ कातिर्क १३ बिहीबार
काठमाडौं, १४ भदाै । बाढीकाे कारणफे पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएकाे छ ।
सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कृष्णभीर क्षेत्रमा सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
सडक भासिएसँगै काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारी साधन बाटोमै रोकिएका छन्।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक