कान्तिपुर भेटले बाढी प्रभावित जिल्लामा पशुपन्छीको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

हेल्थपत्र

२०८३ भाद्र १२ शुक्रबार

काठमाडौँ, १० भदौ । कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले बाढी प्रभावित जिल्लामा पशुपन्छीको उपचारका लागि निनःशुल्क औषधि उपलब्ध गराउने भएको छ ।

डिस्ट्रीब्युटर्सले आज सूचना जारी गर्दै रसुवा, नुवाकोट लगायतका जिल्लामा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीले पशुपन्छीलाई पनि प्रभावित पार्ने भएकोले ति पशुपन्छीको प्राथमिक उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने भएको हो ।

डिस्ट्रीब्युटर्सले यस विपद्का कारण प्रभावित क्षेत्रका पशुपन्छीमा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका÷गाउँपालिका, पशुसेवा शाखा तथा पशु स्वास्थ्य सम्बन्धी सरकारी निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित पशुपन्छीका लागि आवश्यक पर्ने प्राथमिक उपचारका औषधिहरू निःशुल्क उपलब्ध गराउने भएको हो ।

उक्त औषधिहरू वास्तविक रूपमा बाढी प्रभावित पशुपन्छीको उपचारमा प्रयोग हुने गरी सम्बन्धित सरकारी पशुसेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा वितरण गरिने डिस्ट्रीब्युटर्सले जनाएको छ ।

डिस्ट्रीब्युटर्सले यस विपद्को समयमा पशुपन्छीको जीवन तथा स्वास्थ्य संरक्षणमा सहयोग पु¥याउन सबै निकाय तथा सरोकारवालासंग आवश्यक समन्वय एवं सहयोगको अपेक्षा समेत गरेको छ ।

कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले मुलुकमा गुणस्तरीय भेटेरिनरी औषधि, फिड सप्लिमेन्ट, भ्याक्सिन, सर्जिकल उपकरण तथा अन्य सामग्री आपूर्ति र वितरण गर्दै आएको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक