स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय

हेल्थपत्र

२०८३ भाद्र १२ शुक्रबार

काठमाडौँ, १० भदौ । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ।

आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि रेडक्रस,लायन्स क्लब,नेपाल स्काउट,बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।

काठमाडौंका अस्पतालहरूमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको छ।

साथै,एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई स्ट्यान्डबाइमा राखिएको छ।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग,जानकारी तथा समन्वयका लागि मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक