औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई
हेल्थपत्र
२०८३ भाद्र १२ शुक्रबार
काठमाडौं, १० भदौ । औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्द्धता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशकमा नियुक्त गरेकी हुन् ।
औषधीको मूल्यको विषयमा औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि त्यसबेला राष्ट्रिय औषधी प्रयोगशालामा निर्देशक रहेका भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको थियो ।
यसअघि निमित्त महानिर्देशक उषा खड्गी रहेकी थिइन् । भट्टराई यसअघि पनि महानिर्देशकको भूमिका निभाई सकेका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक