परिवार कल्याण महाशाखाको निर्देशकमा डा. ओम अर्याल
हेल्थपत्र
२०८३ कातिर्क १२ बुधबार
काठमाडौँ, ३० साउन । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा डा. ओम अर्याललाई ल्याइएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखाको निर्देशकमा डा. अर्याललाई ल्याएकी हुन् ।
महाशाखाको निर्देशक रहेका डा. मदन कुमार उपाध्यायलाई वीर अस्पताल सरुवा गरिएको छ । मन्त्री मेहताले विस्तारै एक पछि अर्को प्रमुखको परिवर्तन गरिरहेकी छन् । डा। अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।
यस्तै, मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुखमा डा. हेमन्त ओझालाई ल्याएको छ। डा. ओझा स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक