कान्तिपुर अस्पतालद्वारा बिना अनुमति ‘ब्लड बैंक’ संचालन
हेल्थपत्र
काठमाडौँ, २९ साउन । सुविधानगरस्थित कान्तिपुर अस्पतालले बिना अनुमति ‘ब्लड बैक’ संचालन गरेको पाइएको छ ।
‘ब्लड बैक’ संचालन गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ र कान्तिपुर अस्पतालले अनुमति वेगर नै संचालन गरेको पाइएको छ । पहिले एकपटक दर्ता गरेपनि अहिले अस्पतालले नविकरण नगरेर ‘ब्लड बैक’ संचालन गरिरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रक्तसंचार तथा प्रयोगशाला नियमत शाखाका परमानन्द भण्डारीले ‘ब्लड बैक’ संचालन नविकरणका लागि निवेदन प्राप्त भएको बताए ।
“अस्पतालले पहिले दर्ता गरेर संचालन गरेको थियो । अहिले नविकरणका लागि पत्र पठाएको छ” उनले भने, “अस्पतालको ‘ब्लड बैक’ संचालनका लागि नविकरणको प्रक्रिया जारी गरेको छ ।”
जनस्वास्थ्य ऐन २०७५ को दफा २२ नीजि स्वास्थ्य संस्थाले इजाजत पत्र लिएर मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । तर कान्तिपुर अस्पताल लगायत धेरै अस्पतालले इजाजतपत्र बिना नै ब्लड बैंक संचालन गरिरहेका छन् ।
उनका अनुसार देशभरि जम्मा २७ वटा अस्पतालले मात्र अनुमति लिएर ‘ब्लड बैक’ संचालन गरेका छन् ।
“धेरै अस्पतालले बिना अनुमति ब्लड बैंक संचालन गरेका छन्” उनले भने, “ति अस्पताललाई जनस्वास्थ्य ऐन अनुसार कारवाही गरिने छ ।”
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक