नरदेवी आयुर्वेद चिकित्सालयको नयाँ भवन बन्ने
हेल्थपत्र
काठमाडौँ, २६ साउन : नरदेवीस्थित आयुर्वेद चिकित्सालयको नयाँ भवन बन्ने भएको छ ।
विरामीको उपचारलाई ध्यान दिएर ‘बी ब्लक’ भवन बन्न थालेको हो ।
करिव ४० करोड रुपियाँ लागतमा बन्ने भवनमा फिजोथेरापी, पंचकर्म र शल्यचिकित्सा विभाग राखिएको चिकित्सालयका निर्देशक डा. रामअधार यादवले जानकारी दिए ।
“चिकित्सालयमा भवनको अभाव रहेको थियो । कुनै कुनै भवन जीर्ण अवस्थामा पनि रहेका छन” उनले भने, “नयाँ बन्ने भवनले चिकित्सालय संचालन गर्न पनि सजिलो हुन्छ ।”
अहिले चिकित्सालयमा चार वटा भवन रहेका छन् ।
विस १९७४ सालमा स्थापना भएको चिकित्सालयमा अहिले सामान्य चिकित्सा, शल्यचिकित्सा र अकुपञ्चर सेवाको साथै फिजियोथेरापी, सिटी स्क्यान सहित सेवा पनि संचालन भइरहेको छ ।
११८ शैय्याको चिकित्सालयमा अहिले दैनिक ३०० जना विरामी उपचारका लागि आउने गरेका छन् ।
चिकित्सालयले आफैले उत्पादन गरेका २५ प्रकारका आयुर्वेद औषधि विरामीलाई वितरण गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक