भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा संचालन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

अस्पतालले  आज एक सूचना जारी गर्दै प्राविधिक कारणले विग्रिएको रेडियोथेरापी लिनियर एक्सेलेटर मेसिन आजबाट संचालनमा आएको हो ।

उक्त मेसनबाट आज मात्र १५ जनाको उपचार गरिएको अस्पतालका कार्यकारी निर्देशक डा। उज्जवल चालिसेले जानकारी दिए ।

नयाँ बिरामीको उपचारका लागि आवश्यक सीटी सिमुलेटर र पोर्टल इमेजिङ प्रणाली भने मर्मतको क्रममा रहेका अस्पतालले जनाएको छ ।

ती उपकरण मर्मत पश्चात नयाँ बिरामीको रेडियोथेरापी उपचार पनि सुचारु हुने अस्पतालले जनाएको छ।

अस्पतालमा रहेका दुई वटा रेडियोथेरापी मेसिनमध्ये हाई भोल्टेजका कारण लिन्याक मेसिनमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो।

अर्को रेडियोथेरापी मेसिनबाट दैनिक ६५ जनाको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक