बेवारिसे बिरामीको रगतको शुल्क रेडक्रस काठमाडौ जिल्ला शाखाले व्यहाेर्ने

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं २१ साउन । राष्ट्रिय ट्रमा सेन्टरमा बेवारिसे बिरामीलाई लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले व्यहोर्ने गरि सहमति भएकाे छ ।

ट्रमा सेन्टर, केन्द्रिय रक्त सन्चार सेवा र नेरेसो काठमाडौ जिल्ला शाखाको बीचमा आज सम्झौता सम्पन्न भएको हाे ।
२०८४ असार मसान्तसम्म कायम रहने गरि  लालबिक्रम थापाकाे उपस्थितमा भएको सम्झौतामा ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र प्रसाद मरासिनी, नेरेसो काठमाडौ जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रिय रक्त संचार सेवाका तर्फबाट निर्देशक पवन कुमार गुप्ताले हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मिरत्न तुलाधर, केन्द्रिय रक्त संचार सेवाका उपनिर्देशक प्रकाश कुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा बिभाग प्रमुख इन्दिरा पाण्डे लगायत ट्रमा सेन्टरका विभिन्न बिभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
विगत डेड वर्षदेखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौ जिल्ला शाखले त्यस्तो रगतको भुक्तानी केन्द्रिय रक्त संचार सेवालाई उपलब्ध गराउदै आएकोमा यस आर्थिक बर्षदेखि संस्थागत गर्नका लागि यो सम्झौता गरिएको हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक