अब नेपाल रेडक्रसमा हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष उठ्न पाउने

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौं , १६ साउन ।
नेपाल रेडक्रस सोसाइटीको संशोधित विधानले तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र उठ्न पाउने गरी विधान संशोधन गरेको छ ।
विधान कार्यान्वयनमा आएसँगै संघीय समितिमा तेस्रो कार्यकालमा महिलाले मात्र अध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था राखिएको छ ।
प्रदेश र पालिकाहरुमा अबको निर्वाचनबाटै महिलालाई अध्यक्ष बनाउने गरी विधानको कार्यान्वयन हुन लागेको हो ।
प्रदेशको नामको वर्णानुक्रम अनुसार यसै वर्षबाट चार वटा प्रदेशमा महिला उम्मेदवार हुनेछन् भने अन्य तीन प्रदेशमा खुला प्रतिस्पर्धा हुनेछ । पालिकाको हकमा जिल्लाका ५० प्रतिशतमा पालिकामा पहिलो वर्णानुक्रम अनुसारका महिलाले मात्र उम्मेदवारी दिन पाउने र अन्यमा खुला प्रतिस्पर्धा हुने गरी विधान बनाइएको छ ।
रेडक्रसको विधानले हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गरिएको छ ।

नेपाल रेडक्रसको इतिहाँसमा अहिले पनि पालिका, जिल्ला, प्रदेश र संघीय संरचनाको नेतृत्वमा महिलाहरुको संख्या नगन्य मात्र रहेकाले यो व्यवस्था राखिएको रेडक्रस अध्यक्ष डा बिशाल कुमार भण्डारीले बताए ।
भण्डारीले भने “नेपाल रेडक्रसको विधान सामाजिक रुपान्तरण एवं महिला सहभागिताको हिसाबले यो विधान ऐतिहाँसिक छ । गाउँ गाउँमा महिला दिदि बहिनीको संख्या ठूलो छ । मानवीय सेवामा महिलालाई समाहित गर्ने उद्देश्यले नयाँ ढंगले विधान बनाइएको हो । रेडक्रस अभियानमा लाग्ने महिलाहरुले अब रेडक्रसको नेतृत्व गर्ने अवसर सिर्जना भएको छ ।”
विधानले पालिका, प्रदेश र केन्द्रको उपाध्यक्षमा महिला मात्र उठ्न पाउने पुरानो प्रावधानलाई यथावत् राखेको छ । यस्तै हरेक संरचनामा युवा महिलाको सहभागिता पनि सुनिश्चित गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक