‘ट्रान्क्विलिटी स्पा’ ले नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त गर्ने स्पा
हेल्थपत्र
काठमाडौँ, १६ साउन । ‘ट्रान्क्विलिटी स्पा’ ले नेपालकै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त गर्ने स्पा कम्पनी बनेको छ ।
‘ट्रान्क्विलिटी स्पा’ले अन्तराष्ट्रिय स्तरको नेपाल गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र प्राप्त गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक सुरेश पुरीले अन्तराष्ट्रिय गुणस्तर, सुरक्षित सेवा, पारदर्शि व्यवस्थापन, विश्वास र उत्कृष्टताले आफ्नो कम्पनीले अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गरेको बताए ।
उनले आफ्नो कम्पनीको प्रमाणिकरणले नेपाललाई सन् २०२७ वेलनेस बर्ष बनाउन गइरहेको सन्र्दभमा थप टेवा पुग्ने र नेपाललाई आरोग्य गन्तत्वय बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सरकारले वेलनेस पर्यटन बर्ष २०२७ घोषणा गरिसकेको अवस्थामा ‘ट्रान्क्विलिटी स्पा’को यो उपलब्धी नेपाललाई विश्वस्तरिय वेलनेस गन्तव्यका रुपमा विकास गर्न सहयोग पुग्ने उनले बताए । अन्तरास्ट्रिय मापदण्ड अनरुप सेवा प्रवाहले विदेशी तथा स्वदेशी पर्यटकको विश्वास अझ मबजुत बनाउने उहाँको भनाई रहेको छ ।
‘ट्रान्क्विलिटी स्पा’ नेपालका तारेहोटेलदेखि बुटिक होटेलसम्म २० वटा ठाउँमा संचालनमा रहेको कम्पनीका कार्यकारी निर्देशक पुरीले जानकारी दिए ।
‘ट्रान्क्विलिटी स्पा’ २००८ देखि संचालनमा आएको छ । नेपाल स्पा एन्ड वेलनेस एसोसिएसनका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक पुरीले आइएस ओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्नु ‘ट्रान्क्विलिटी स्पा’ को मात्र नभई नेपालको सवै स्पा तथा वेलनेस उद्योगको गौरव भएको बताए । उनले सरकारले घोषणा गरेको वेलनेश पर्यटन बर्ष २०२७ लाई सफल बनाउन अन्तराष्टिय गुणस्तर अपनाउनु आवश्यक रहेको बताए
“हामी निरन्तर सुधार, उत्कृष्ट सेवा र अन्तराष्टिय स्तरको वेलनेस अनुभव प्रदान गर्दै नेपाललाई विश्वको विश्वासिलो वेलनेस गन्तव्य बनाउन सरकार र नीजि क्षेत्रसंग सहकार्य गर्दै अघि बढने छौ,” उनले भने ।
प्रमाणिकरणले संस्थाको गुणस्तरिय सेवा, ग्राहक सन्तुष्टि, प्रभावकारी व्यवस्थापन प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिवद्धतालाई अन्तराष्टिय रुपमा प्रमाणित गरेको छ ।
“यो उपलब्धि केवल एउटा प्रमाणपत्र मात्र नभई अन्तर्राष्ट्रिय गुणस्तर, सुरक्षित सेवा, पारदर्शी व्यवस्थापन र निरन्तर सुधारप्रतिको हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,” उनले भने “हाम्रा प्रत्येक ग्राहकले हरेक शाखामा एउटै स्तरको उत्कृष्ट सेवा प्राप्त गरून् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रणाली विकास गरेका छौ ।”
उनले ग्राहकको सुझावलाई सम्मान गर्दै निरन्तर सुधार गर्ने, उच्चस्तरीय सरसफाइ, सङ्क्रमण नियन्त्रण, सुरक्षित कार्य वातावरण तथा व्यावसायिक सेवामार्फत ग्राहकको विश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक