फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाकाे माग गदैै अधिकारीद्वारा खुलापत्रमार्फत आन्दोलनकाे घाेषणा

हेल्थपत्र

२०८३ श्रावाण १४ बिहीबार

काठमाडौं १४ साउन ।  नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाको फाराम भरेको पनि करिब तीन महिना भइसक्यो।

तर अहिलेसम्म पनि लाइसेन्स परीक्षा कहिले हुने भन्ने कुनै टुंगो छैन।
सरकारले नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष (Chairperson) र रजिस्ट्रारलाई राजनीतिक नियुक्ति भनि हटायो, तर अहिलेसम्म पनि ती पदहरू रिक्त नै छन् र विद्यार्थीहरूलाई राजनितिको चपेटामा पारेको अनुभूति गरायो।

निमित्त रजिस्ट्रार नियुक्ति गरेर पनि परिक्षा लिन नसक्नाले सरकारको असफलतालाइ झल्काउँछ।

साउन ८ गते, शुक्रबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्वार्ताको सूचना निकाल्यो। अन्तर्वार्ता पनि भयो, तर अहिलेसम्म नतिजा आएको छैन।

कस्तो खालको अन्तर्वार्ता रहेछ, कतै नियुक्तिमा राजनीतिक चलखेल त भैरहेको होइन नि ?

आखिर स्वास्थ्य मन्त्रालयले के हेरिहेको छ? विद्यार्थीहरूलाई यति धेरै समय अन्योलमा राख्नुको कारण के हो?
किन कसैलाई यसको वास्ता छैन ?  न सम्बन्धित निकायबाट कुनै स्पष्ट जानकारी आएको छ।

नेपाल फार्मेसी एसोसिएसनको त कुरै नगरौं। उहाँहरूलाई पनि के फार्मेसी विद्यार्थीहरूको भविष्यसँग कुनै मतलब छैन? विद्यार्थीहरूको पक्षमा आवाज उठाउनु पर्दैन?
एसईई र कक्षा १२ को नतिजा समयमै प्रकाशित गरेर काम गरेको देखाउन सकिन्छ भने, देशका स्वास्थ्यकर्मी र पेशागत जनशक्तिको भविष्यसँग जोडिएको लाइसेन्स परीक्षा किन यति बेवास्ता गरिएको? ढिलो भइसकेको कामलाई त झन् छिटो सम्पन्न गर्नुपर्ने होइन र? वर्षौं मेहनत गरेर पढाइ सकाएका हजारौ विद्यार्थीहरूको भविष्य आज अन्योलमा छ।
लाइसेन्स परीक्षा नहुँदा न पेशा सुरु गर्न पाइन्छ, न रोजगारीको बाटो खुल्छ। मानसिक तनाव, समयको नोक्सानी र भविष्यप्रतिको अन्योलको जिम्मेवारी सरकारले लिनै पर्छ।

विद्यार्थीको भविष्यसँग खेलवाड बन्द गरियोस्। नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा यथाशीघ्र सञ्चालन गरियोस्।

कतै यो सरकारको उद्देश्य पनि विद्यार्थीहरूलाई आन्दोलनरत गरायर गोलि चलाउने त होइन?
सरकारले २४ घण्टामा कुनै निष्कर्ष नदिएमा हामी आन्दोलित हुन बाध्य हुनेछौ ।

सम्पूर्ण विद्यार्थी साथीहरूलाई तयारी अवस्थामा रहिदिनुहुन आग्रह गर्दछु । आन्दोलन पूर्ण रुपमा रचनात्मक र साङ्केतिक रहने छ।
राजनीतिकरण गर्नु भन्दा पनि आफ्नो आवाज र अधिकारका लागि सम्पूर्ण फार्मसिस्टहरु एक हौं।

धन्यवाद अभिवादन !

बोधार्थ
प्रधानमन्त्री Balen
शिक्षामन्त्री Sasmit Pokharel
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय Nisha Mehta

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक