डा.केसीलाई भेट्न सरकारी वार्ता टोली सेती अस्पतालमा

हेल्थपत्र

२०८३ श्रावाण १० आइतबार

काठमाडौं, १० साउन । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका प्रा.डा. गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ ।

डा.जेपी अग्रवाल, स्वास्थ्य सचिव डा.विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल अन्तरिक छलफलपछि डा.केसीलाई भेट्न सेती अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार समेत रहेका जेअग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.देवकोटा र सचिव पौडेल शनिबार नै धनगढी पुगेका थिए ।

सरकारी वार्ता टोलीले डा.केसीसँग केहीबेरे पछि वार्ता गर्ने डा.केसीका सहयोगी डा.अमृत जैशीले बताए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक