निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा जितेन्द्र परियार

हेल्थपत्र

२०८३ श्रावाण ७ बिहीबार

काठमाडौँ, ४ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा जितेन्द्र परियार नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै अस्पतालका प्रसूति रोग विशेषज्ञ डा. परियारलाई नियुक्त गरेको हो ।

सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

सार्वजनिक सूचीमा प्राडा परियारसंगै धर्मराज गोसाईँ, प्रा.डा. मोहनचन्द्र रेग्मी, डा. अजयकुमार झा, डा. सुरेश श्रेष्ठ, प्रा. डा. अनुजजङ्ग रायमाझी रहेका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक