मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
हेल्थपत्र
काठमाडौँ, २८ असार : सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकोले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’का तयारी गरेको हो ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेङ्गी, औलौ, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस, र इन्फ्लुएन्जाजस्ताजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’का तयारी गरिएको बताए ।
उनले सङ्घ, प्रदेश र स्थानीय तहसंग मिलेर ति रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
“रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको पनि क्षति न्यूनिकरण गर्न लागेका छौ” उनले भने, “सचेतना अभियान संचालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।”
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिइन् ।
“हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान संचालन गराउन शुरु गरेका छौ” उनले भनिन “पहिलो भन्दा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा.विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताए ।
उनले डेङ्गी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकोले सचेत रहन आग्रह गरे ।
महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण प्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गरे । उनले मनसुन शुरुहुन साथ डेङ्गीसङ्क्रमण पनि बढन् बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक