काठमाडौँ क्यान्सर सेन्टरमा क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’ सेवा सुरु
हेल्थपत्र
काठमाडौँ, २८ असार । काठमाडौँ क्यान्सर सेन्टरले क्यान्सर उपचारमा ‘कार(टी सेल थेरापी’ सेवा सुरु गरेको छ।
पत्रकार सम्मेलनमा मार्फत सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालमै पहिलो पटक कार–टी सेल प्रयोग गरेर उपचार सुरु गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार उक्त सेवाका लागि ४५ लाख रुपियाँ लाग्ने गर्दछ । नेपालमा बर्षेनी ५० जना विरामी ‘कार(टी सेल थेरापी’ सेवा लिनका लागि भारत, चीन लगायत देशमा जाने गर्दछन ।
उनका अनुसार सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले उत्पादन गरेको कार–टी सेल पहिलो चरणमा ल्युकेमिया र लिम्फोमा भएका बिरामीमा प्रयोग गरिनेछ। कार–टी सेल थेरापी सेवाका लागि भारत र जर्मनको संग साझेदारी गरेको उनले बताए ।
सेन्टरका प्रमुख डा. सिमित सापकोटाले सबै क्यान्सरका बिरामीमाका लागि कार–टी सेल थेरापी सेवा उपचार नभएपनि चार पटक सम्म किमो दिएर पनि काम नगरेका विरामीलाई यो सेवाबाट उपचार गरिने बताए ।
आवश्यक परीक्षणपछि उपयुक्त ठहरिएका बिरामीबाट टी सेल निकालेर सीआरएम नेपालको प्रयोगशालामा पठाइन्छ। त्यहाँ ती कोशिकामा विशेष आनुवंशिक परिवर्तन गरी क्यान्सरका कोशिका चिन्न सक्ने बनाइन्छ। त्यसपछि ती कोशिकालाई वृद्धि गरेर पुनः बिरामीको शरीरमा प्रविष्ट गराइन्छ।
उनका अनुसार उपचारपछि देखिन सक्ने जटिलतालाई ध्यानमा राख्दै बिरामीलाई दुईदेखि तीन सातासम्म अस्पतालमै निगरानीमा राखिनेछ।
डा. झाले हाल विश्वका करिब ३५ देशमा कार–टी सेल उपचार उपलब्ध रहेको उल्लेख गर्दै नेपालमा यसको सुरुवात हुनु क्यान्सर उपचारका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए उनले कार–टी सेल उत्पादन गर्ने सीमित मुलुकमध्ये नेपाल पनि एक रहेको दाबी गरे ।
बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने प्रक्रिया
यस्तै सेन्टरले नेपालमै अत्याधुनिक बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने प्रक्रिया अगाडि बढाएको सेन्टरका प्रमुख डा.सापकोटाले जानकारी दिए ।
यो सेवा सञ्चालनसँगै बोन म्यारो तथा रक्तसम्बन्धी जटिल रोगका बिरामीहरूले उपचारका लागि विदेश जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। यस सेवाले बिरामी तथा परिवारमा पर्ने आर्थिक तथा मानसिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
स्टेरोटिक लिल्यान मेसिन जडान
यसैबीच क्यानसरको बहु आयामिक उपचार गर्ने योजनामा अघि बढीहरेको सेन्टरले अत्याधुनिक स्टोरोटिक लिन्याक मेसिन जडान गरेको सेन्टरका प्रमुख डा. सापकोटाले जानकारी दिए । यसबाट उच्च सटिकता, सुरक्षित तथा गुणस्तरीय रेडियो थेरापी सेवा उपलव्ध हुने छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक