आत्मदाहबाट रावतको निधन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, २७ असार : वीर अस्पतालमा आत्मदाहको प्रयास गरेका बुद्धनगरका ४५ बर्षिय अश्विन रावतको उपचारका क्रममा निधन भएको छ ।
अस्पतालको डा. केडीजोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार अत्यधिक जलनका कारण ति युवकको उपचारका क्रममा निधन भएको हो ।

केन्द्रका प्रमुख डा. अपार लामिछानेले ७० प्रतिशत शरिर जलन भएको बताए । “उहाँका शरिर अत्यधिक जलन भएको थियो । हामीले बचाउनका लागि हरमभव गरौ । तर अत्यधिक जलनका कारणले बचाउन सकिएन, ” उनले भने, “ति व्यक्तिको अनुहार सहित श्वासप्रश्वास नलीमा समेत आगोको रापले असर गरेको छ ।”

पारिवारिक विवादमा रावतले आत्मदहको प्रयास गरेका थिए ।

हिजो मात्र आत्मदहका कारण मुगु घर भएका २५ बर्षिय गणेश नेपालीको वीर अस्पताला उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक