तीन महिना ‘डेङ्गी सचेतना’ संचालन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, २६ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन महिनादेखि ‘डेङ्गी सचेतना’ अभियान संचालन गर्ने भएको छ ।

साउन, भदौ र असोज तीन महिनालाई ‘डेङ्गी सचेतना’ अभियान संचालन गर्न थालिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार साउनदेखि डेङ्गीको सङ्क्रमण बढ्ने भएकोले तीन महिनाले ‘डेङ्गी सचेतना’ अभियान संचालन गर्न थालिएको हो ।

“साउनदेखि अलि धेरै पानी पर्ने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ” उनले भने, “त्यही भएरु सर्वसाधारणलाई डेङ्गीबाट बच्नका लागि जनचेतना जगाउनका लागि सचेतना अभियान संचालन गर्न थालिएको हो ।”

साउनदेखि असोजमा डेङ्गी सङ्क्रमण उच्च पुग्ने उनको भनाई रहेको छ । सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर,

टोलटोल र विद्यालय गएर डेङ्गी सङ्क्रमणबारे सचेतना फैलाइने शाखा प्रमुख डा. दाहालले बताए ।

उनका अनुसार गत जनवरीदेखि अहिलेसम्म एक हजार २४४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक