हात्तिपाइले रोग लगाउने परजीविबारे अध्ययन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १८ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तिपाइले रोग लगाउने परजीविको अध्ययन शुरु गरेको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तिपाइले रोग लगाउने परजीवि मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन शुरु गरेको हो ।

केन्द्रका निर्देशक डा. भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्थुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने ६ र ७ बर्ष उमेर समूहका बालबालिकामा अध्ययन शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यकर्मीले ति विद्यालयमा पुगि ति बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्थुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । ति विद्यार्थीको नगतको नमुना सङ्कलन गर्न ६५ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी हात्तिपाइले लगाउने परजीवि हुन् । नेपालमा पाइने गरेको हात्तिपाइले रोगका

विरामीहरु उचेरेरिया ब्याक्रोफ्टी नामक परजीविबाट मात्र सङ्क्रमित भएको पाइएको केन्द्रका निर्देशक डा. सापकोटाले जानकारी दिए ।

केन्द्रका निर्देशक डा. सापकोटाले दुई बर्ष अघि अध्ययन गर्दा हात्तिपाइलेको रोगको परजिवी नपाइएको जानकारी दिए ।“ति जिल्लामा रहेका स्थानीयले छ पटक हात्तिपाइले रोग विरुद्धको औषधि खाएपछि हामीले परजिवी छ÷छैन अध्ययन गर्दछौ,” उनले भने, “यसपटक पनि हामीले ति जिल्लाका औषधि नखाएका बालबालिकामा अध्ययन गर्न थालेका हौ ।”

सन् २०१९ पछि जन्मेका बालबालिकामा केन्द्रले अध्ययन गर्न थालेको हो । ६३ जिल्ला हात्तिपाइले रोगबाट प्रभावित भएका छन् ।

केन्द्रका निर्देशक डा. सापकोटाले आगामी आर्थिक बर्षमा हात्तिपाइलेको जोखिम रहेका अन्य जिल्लामा पनि अध्ययन गरिने जानकारी दिए ।

हात्तिपाइले रोग मसिनो धागो आकारको जुकाको परजीविको सङ्क्रमणको कारणले लाग्दछ ।

क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि यी परजीविहरु शरिरमा प्रवेश गर्दछ र मानिसलाई यो रोग लाग्दछ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक