स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा छनौटमा परेका उम्मेदवारको आज अन्तर्वार्ता र प्रस्तुतीकरण
हेल्थपत्र
काठमाडौँ, १६ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका छ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा छनौट भएका उम्मेदवारको आज अन्तर्वार्ता र प्रस्तुतीकरण तोकिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी विभिनन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तीका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको छनोटमा परेका उम्मेदवारको आज मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण भइरहेको छ । अन्तर्वार्ता आज र भोलि हुने छ ।
उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकिकृत कार्यविधि २०८३ अनुसार छनौटमा परेका उम्मेदवारको नाम सार्वजनिक गरिएको बताए ।
उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा छनौट परेका उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
उनले ति प्रतिष्ठानका सात÷सात जनाका दरले छनौट सूचिमा पर्नु भएको बताए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अजयकुमार मिश्र, ऋषिकान्त अचार्य, निलमकुमार खड्का, बिजय अर्याल, विधाननिधि पौडेल, शेषानन्द संजेल र सूर्यमान मेन्याङबो रहनु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अमर नागिला, नारायणसिंह गुरुङ, प्रदीप घिमिरे शर्मा, बिजय अर्याल, विधाननिधि पौडेल, सरस्वति न्यौपाने र सुरजबाबु मरहठ्ठा उपकुलपतिका लागि छनौटमा पर्नु भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि गेहनाथ बराल, नविसमान सिं प्रधान, प्रहलाद कार्की, विष्णुप्रसाद शर्मा, रविन्द्रमान श्रेष्ठ, विवेक आचार्य र सृजना श्रेष्ठको छनौटमा पर्नु भएको छ ।
यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा गेहनाथ वराल, महेन्द्रप्रसाद भट्ट, राजीवकुमार झा, राजेश नेपाल, रुद्रप्रसाद मरासिनी, विवेक आचार्य र सुरज आचार्य उपकुलपतिका लागि छनौटमा पर्नु भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अजयकुमार मिश्र, अनुज पौडेल, आलोक आत्रेय, गौरी शंकर शाह, निलराज शर्मा, पशुपति चौधरी , सूर्यमान मेन्याङवो उपकुलपतिका लागि छनौटमा पर्नु भएको छ
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुरुप्रसाद खनाल, गौरीशंकर शाह, पशुपति चौधरी, प्रहलाद कार्की राजेश नेपाल, शिवेन्द्र झा, स्मृति कार्की पर्नु भएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक