नेपालमा वायु प्रदुषणले बर्षेनी ४२ हजार मानिसको निधन

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, ३० फागुन : नेपालमा बर्षेनी वायु प्रदुषणको कारणले करिव ४२ हजार मानिसको निधन हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तिमध्ये २१ प्रतिशत मृत्यु पाँच बर्ष मुनिका बालबालिका रहने गरेका छन् ।
वायु प्रदुषण्को कारणले श्वासप्रश्वास सम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गर्दछ ।
बालबालिकालाई प्रदुषणको कारणले श्वासप्रश्वास सम्बन्धी समस्या देखिनु, मुटु सम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु विरामीदर बढ्नु, वाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाई र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या देखिने गर्दछन ।
यस्तै महिलमा कम तौलको वच्चा जन्मिनु, रक्तअल्पता हुनु, वाँझोपन हुनु, गर्भकालिन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गर्दछन ।
नेपालमा वायु प्रदुषण विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को मापदण्डभन्दा आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो । नेपालमा हिजो वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उहाँले बताउनुभयो ।
डब्लुएचओको मापदण्ड अनुसार, स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर ५ माइक्रोग्राम भन्दा बढी हुनुहुँदैन । सुक्ष्मकणहरु ५ माइक्रोग्राम कम भएमा हावामा तैरने सक्दछन र जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गर्दछ ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले तर डब्लुएचओको मापदण्ड भन्दा नेपालमा बढी नै प्रदुषण भएको बताउनुभयो ।
उहाँका अनुसार वायु गुणस्तर सुचक ० देखि ५० सम्म स्वस्थ, वायु गुणस्तर सुचक ५१ देखि १०० सचेत, वायु गुणस्तर सुचक १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दिर्घरोग र वालबालिका) लाई हानिकरक गर्दछन । वायु गुणस्तर सुचक १५१ देखि माथिलाई अस्वस्थ्य मानिने गरिएको छ ।
यसलाई डब्लुएचओको मापदण्ड भित्र पुर्याउन सके हरेक बर्ष नेपालीको आयु ३.३ बर्षले बढ्ने अनुमान गरिएको छ ।
वायु प्रदुषणकै कारणले बार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको र तिमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक हुने गर्दछन् ।
वायु प्रदुषण सवारी साधनबाट निस्केको धुवाँ, औद्योगिक उत्सर्जन, खुला रुपमा फोहोर तथा जैविक पदार्थ जलाउदा निस्कने ुधुवाँ, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगबाट हुने प्रदुषण हो । शरद् शर्मा

 

 

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक