नक्कली चिकित्सक पक्राउ
हेल्थपत्र
काठमाडौँ, ११ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका ८ बाट ४७ बर्षिय चेतन पौडेललाई पक्राउ गरेको छ ।
नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र (लाइसेन्स) नलिइ चन्द्रागिरी नपा वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा गैरकानूनी रुपमा चिकित्सा अभ्यास गरेको आरोपमा प्रकाउ गरिएको छ ।
त्यसअघि नेपाल मेडिकल काउन्सिलको टोलीले नियमित अनुगमनको क्रममा स्पार्कमा पुग्दा पौडेलले नपाएको चिकित्सकको उपाधी प्रयोग गरी आधुनिक चिकित्सा निदान तथा उपचारमा सम्लग्न रहेको साथै बिरामीलाई चिकित्सकको रुपमाबाट औषधी सिफारिस गरिएको प्रेस्किप्सन फेला पारेको थियो ।
सोही आधारमा प्रक्राउ गरि उनी माथि छानविन भएको व्यूरोले जनाएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक